• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

प्रेस स्वतन्त्रताको सन्देशसहित धनुषामा प्रभातफेरी र अन्तरक्रिया

  • 3 महीना पहिले

जनकपुरधाम वैशाख २० ।
नेपाल पत्रकार महासंघ धनुषाले आइतबार विभिन्न कार्यक्रम आयोजना गर्दै विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ ।
“शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन” भन्ने नारासहित दिवस मनाइएको हो ।
दिवसका अवसरमा जनकपुरधाम नगर क्षेत्रमा प्रभातफेरी आयोजना गरिएको थियो । सञ्चारकर्मीहरूको सहभागितामा सम्पन्न पदयात्राले प्रेस स्वतन्त्रताको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।
प्रभातफेरीपछि आयोजित अन्तरक्रिया कार्यक्रममा “प्रेस स्वतन्त्रता र वर्तमान पत्रकारिताको अवस्था” विषयमा छलफल गरिएको थियो । कार्यक्रममा वक्ताहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संवैधानिक अधिकार भएको उल्लेख गर्दै यसलाई कुण्ठित गर्ने कुनै पनि प्रयास अस्वीकार्य हुने धारणा व्यक्त गरे ।
उनीहरूले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेकोमा जोड दिएका थिए ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख बुद्धनारायण सहनी, महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो तथा धनुषा शाखाका उपाध्यक्ष अवधेश कामतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वक्ताहरूले लोकतान्त्रिक मूल्य र जनअधिकारको संरक्षणका लागि प्रेस स्वतन्त्रताको रक्षा अनिवार्य रहेकोमा जोड दिएका थिए ।

3 महीना पहिले    160 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology