• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

विस्थापित फुटपाथ व्यवसायीका लागि जनकपुरधाममा ‘मिना बजार’ सञ्चालन

  • 2 महीना पहिले


जनकपुरधाम जेठ १ गते ।
जनकपुरधामको गंगासागर पोखरी आसपास क्षेत्रबाट हटाइएका फुटपाथ व्यवसायीहरूको व्यवस्थापनका लागि ‘फुटपाथ मिना बजार’ सञ्चालनमा ल्याइएको छ ।
जनकपुर कपडा तथा रेडिमेड व्यवसायी महासंघ को अगुवाइमा सञ्चालन गरिएको उक्त बजारको उद्देश्य विस्थापित व्यवसायीलाई वैकल्पिक व्यापारिक स्थान उपलब्ध गराउनु रहेको जनाइएको छ ।
मिना बजारको उद्घाटन गर्दै मनिष झा ले फुटपाथ व्यवसायीहरूको व्यवस्थापनका लागि गरिएको पहल स्वागतयोग्य रहेको बताए । उनले देशभर फुटपाथमा व्यवसाय गर्ने व्यक्तिहरूको संख्या ठूलो रहेको उल्लेख गर्दै यस्ता व्यवसायीहरूको तथ्यांक संकलन आवश्यक रहेको धारणा राखे ।
महासंघका अनुसार मिना बजारमा १०० भन्दा बढी फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्ने तयारी गरिएको छ । बजारलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षागार्डको व्यवस्था गर्नुका साथै सिसी क्यामेरा जडान गरिने जनाइएको छ ।
यस्तै, जनकपुरधाम उपमहानगरपालिका ले पनि फुटपाथ व्यवसायी व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेको जनाएको छ । सरकारी प्रक्रिया पूरा हुन समय लाग्ने देखिएपछि तत्काल राहतस्वरूप निजी स्तरबाट पहल थालिएको महासंघले जनाएको छ

2 महीना पहिले    249 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology