एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई मिट स्कुलद्वारा सम्मान

जनकपुरधाम जेठ १ गते

मिट स्कुल ले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका अंकित साह, सविन शर्मा, संजना कुमारी भण्डारी र श्रृष्टि मण्डलले ४ जीपीए हासिल गरेका हुन् । उत्कृष्ट नतिजा ल्याएका चारै जना विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक मनोज साह ले अबिर लगाएर तथा गम्छा ओढाएर सम्मान गरेका थिए ।
प्रधानाध्यापक साहले विद्यालयले यस वर्ष उत्कृष्ट नतिजा हासिल गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर विद्यार्थीलाई अझ राम्रो शैक्षिक वातावरण उपलब्ध गराइने बताए ।
विद्यालयका अनुसार यस वर्ष एसईई परीक्षामा १ सय २३ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ५७ जनाले ए प्लस, ३९ जनाले ए, २३ जनाले बी प्लस प्राप्त गरेका छन् भने ४ विद्यार्थी ननग्रेडमा परेका छन् ।

20 दिन पहिले    158 Post Views