• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

जानकी मन्दिरमा तुलसीदास स्वामी र स्मिता ठाकरेको विशेष पूजा

  • 2 महीना पहिले


जनकपुरधाम जेठ ३।
भारतको वृन्दावनस्थित माँ तुलसी पीठका पीठाधीश तुलसीदास स्वामी तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्री बालासाहेब ठाकरेकी बुहारी स्मिता ठाकरेले जनकपुरधामस्थित जानकी मन्दिर मा विशेष पूजा–आराधना गरेका छन्।
पहिलोपटक जनकपुरधाम भ्रमणमा आएका उनीहरूलाई स्थानीय धार्मिक तथा सामाजिक अगुवाहरूले भव्य स्वागत गरेका थिए। भ्रमणका क्रममा उनीहरूले मिथिलाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वबारे जानकारी लिँदै विधिपूर्वक पूजा–आराधना गरेका हुन्।
पूजापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै तुलसीदास स्वामी ले जनकपुरधामलाई माता जानकीको पवित्र जन्मभूमि तथा सम्पूर्ण हिन्दू आस्थाको केन्द्रका रूपमा वर्णन गरे। उनले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता आध्यात्मिक भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने बताए।
त्यस्तै स्मिता ठाकरे ले जनकपुरधामको धार्मिक वातावरण, यहाँका नागरिकको आत्मीयता तथा जानकी मन्दिरको दिव्यताले आफू अत्यन्त प्रभावित भएको बताइन्। उनले आफ्नो पहिलो नेपाल भ्रमणलाई अविस्मरणीय अनुभवको रूपमा लिँदै पुनः जनकपुरधाम आउने इच्छा व्यक्त गरिन्। साथै, जनकपुरधामको संस्कृति र धार्मिक महत्वलाई समेटेर फिल्म निर्माण गर्न पनि आफू इच्छुक रहेको उल्लेख गरिन्।
नेपाल भ्रमणका क्रममा उनीहरूले पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर दर्शन गरेपछि जनकपुरधाम आएका हुन्। जानकी मन्दिर दर्शनपछि उनीहरूले राम मन्दिर तथा राजदेवी मन्दिरमा समेत पूजा–आराधना गरेका थिए

2 महीना पहिले    182 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology