• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

नेपाल पत्रकार महासंघ मधेशको आफ्नै भवन निर्माण सुरु, मन्त्री महतोद्वारा शिलान्यास

  • 2 महीना पहिले

जनकपुरधाम जेष्ठ १५।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको आफ्नै भवन निर्माणका लागि शिलान्यास गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महासंघको जग्गामा आयोजित एक कार्यक्रमबीच मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो ले पूजा–अर्चना गर्दै भवनको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री महतोले भवन निर्माण कार्य सम्पन्न गर्न मधेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मधेश सरकारले यसअघि नै २० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको उल्लेख गर्दै आगामी बजेटमा समेत भवन निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिने स्पष्ट पार्नुभयो ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले भवन निर्माणका लागि गुठी संस्थानबाट ४ कठ्ठा जग्गा लिजमा प्राप्त गरेको थियो । जनकपुरधाम–४ स्थित तैनाथी गुठीको उक्त जग्गामा अब महासंघको आफ्नै भवन निर्माण गरिनेछ ।
शिलान्यास कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो

2 महीना पहिले    109 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology