• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

जनकपुरधाममा होटल पौवाको १९औँ शाखा सञ्चालनमा, जेठ २२ मा औपचारिक उद्घाटन

  • 2 महीना पहिले

जनकपुरधाम जेष्ठ १८ ।
नेपालकै अग्रणी आतिथ्य सेवा प्रदायक होटल पौवाले आफ्नो १९औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा होटल व्यवस्थापनले शाखा सञ्चालनमा आएको जानकारी दिँदै आगामी जेठ २२ गते औपचारिक उद्घाटन गरिने जनाएको हो।
उद्घाटनको अवसरमा तीनदिने ‘वृहत् खाना प्रवर्द्धन कार्यक्रम’ आयोजना गरिनेछ। कार्यक्रममा होटल पौवाका विभिन्न शाखामा कार्यरत अनुभवी सेफहरूले तयार गरेका नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शनी गरिने जनाइएको छ।
होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपाने ले धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका रूपमा परिचित जनकपुरधाममा चारतारेस्तरको होटल सञ्चालनमा आउनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
होटलमा ६२ वटा आधुनिक सुविधासम्पन्न कोठा रहेका छन्। साथै स्विमिङ पुल, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेमिनार हल, रेष्टुरेन्ट, जिम, साउना, स्टिम तथा स्पा लगायतका सेवा सञ्चालनमा आइसकेका छन्।
होटल व्यवस्थापनले नेपाली स्वाद, संस्कार र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवाको संयोजनमार्फत अतिथिलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

2 महीना पहिले    148 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology