• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

नयाँ कमला पुलका लागि बजेट नछुट्याएको भन्दै संघर्ष समितिको विरोध, सभामुखलाई ज्ञापनपत्र

  • 2 महीना पहिले

जनकपुरधाम जेष्ठ १८

संघ सरकारले ल्याएको बजेटमा नयाँ कमला पुल निर्माणका लागि बजेट व्यवस्थापन नगरिएको भन्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति आन्दोलित भएको छ । समितिले नयाँ कमला पूल निर्माणकालागि बजेटको माग गर्दै मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवलाई ज्ञापनपत्र बुझाएको छ । संघर्ष समितिले पूर्व सहमतिअनुसार पुल निर्माणको प्रक्रिया अगाडि नबढेको भन्दै विरोध प्रदर्शनसमेत गरेको हो ।
नयाँ कमला पुल निर्माण संघर्ष समिति र मधेस सरकारबीच नयाँ कमला पुल निर्माणका लागि आवश्यक बजेट आर्थिक वर्ष २०८३÷८४ को संघीय बजेटमार्फत व्यवस्था गर्न पहल गर्ने सहमति भएको थियो । संघीय सरकारले बजेट उपलब्ध नगराएमा सम्पूर्ण लागत मधेस प्रदेश सरकारले आफ्नै स्रोतबाट व्यहोर्ने तथा पुल निर्माणकालागि डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने सहमति भएको थियो ।
तर संघ सरकारले ल्याएको आर्थिक वर्ष २०८३÷८४ को बजेटमा कमला पुल निर्माणका लागि कुनै बजेट विनियोजन नगरिएपछि स्थानीयवासी तथा संघर्ष समिति आक्रोशित बनेको छ ।
सोमबार प्रदेशसभाका सभामुख यादवलाई ज्ञापनपत्र बुझाउँदै संघर्ष समितिले संघीय सरकारले सहमतिअनुसार बजेट नराखेको अवस्थामा मधेस प्रदेश सरकारले आफ्नो स्रोतबाट बजेट व्यवस्था गरी निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन माग गरेको छ । माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत समितिले दिएको छ ।
वर्षौंदेखि निर्माणको माग उठ्दै आएको नयाँ कमला पुल सिराहा र धनुषा जिल्लाका हजारौं नागरिकको प्रत्यक्ष सरोकारको विषय रहेको भन्दै स्थानीयवासीले अब थप आश्वासन होइन, निर्माण कार्यको थालनी चाहिएको बताएका छन् । संघर्ष समितिले सरकारसँग तत्काल ठोस निर्णय गरी पुल निर्माणको काम सुरु गर्न आग्रह गरेको छ ।

2 महीना पहिले    142 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology