• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

सात महिनादेखि तलब नपाएपछि प्रयोगशालाकर्मी सडकमा, आन्दोलन चर्काउने चेतावनी

  • 1 महीना पहिले

जनकपुरधाम, असार २ 
मधेश प्रदेशका १३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका प्रयोगशालाकर्मीहरूले सात महिनादेखि तलब तथा अन्य सेवा–सुविधा नपाएको भन्दै जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धर्ना तथा प्रदर्शन गरेका छन्।
आर्थिक वर्ष २०८२/०८३ को कार्तिक महिनादेखि हालसम्म तलब भुक्तानी नभएको, चाडपर्व भत्ता नपाएको तथा चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत कर्मचारीहरूको म्याद नवीकरण प्रक्रिया टुंगो नलागेको भन्दै आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको प्रयोगशालाकर्मी अनिल महतोले बताए।

प्रयोगशालाकर्मीहरूको संयुक्त संघर्ष समितिका संयोजक साहिद राइनले समस्या समाधानका लागि सम्बन्धित निकायहरूलाई पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी गराए पनि कुनै ठोस पहल नभएको गुनासो गरे। लामो समयसम्म पारिश्रमिकविहीन अवस्थामा सेवा दिन बाध्य बनाइनु श्रमिक अधिकारमाथिको गम्भीर अन्याय भएको उनको भनाइ छ।

प्रयोगशालाकर्मीहरूले आफ्ना मागहरू तत्काल सम्बोधन नगरिए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।
उनीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ध्यानाकर्षण गराउँदै बाँकी तलब तत्काल भुक्तानी, सेवा सम्झौता नवीकरण तथा चाडपर्व, पोशाक, जोखिम र महँगी भत्ता उपलब्ध गराउन माग गरेका छन्।

1 महीना पहिले    142 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology