• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

एसइईमा उत्कृष्ट नतिजा ल्याउने २१ विद्यार्थीलाई अन्नपूर्ण आवासीय विद्यालयद्वारा सम्मान

  • 24 दिन पहिले

जनकपुरधाम असार १३ गते।
अन्नपूर्ण आवासीय माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गरेका २१ जना विद्यार्थीलाई सम्मान गरेको छ। विद्यालयले एक विशेष कार्यक्रमको आयोजना गरी विद्यार्थी तथा उनीहरूका अभिभावकलाई सम्मान गरेको हो।
विद्यालयकी संस्थापक अध्यक्ष बिनादेवीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर लालकिशोर शाह प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विद्यालयकी बोर्ड सदस्य तेजस्वरी शाहलगायत अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा एसइईमा सहभागी २१ जना विद्यार्थीमध्ये ए–प्लस ग्रेड प्राप्त गरेका चार जना विद्यार्थीलाई दोसल्ला, सिल्ड तथा प्रमाणपत्र प्रदान गरी विशेष सम्मान गरिएको थियो। त्यसैगरी ए ग्रेड प्राप्त गरेका बाँकी १७ जना विद्यार्थीलाई पनि दोसल्ला, सिल्ड र प्रमाणपत्रसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष बिनादेवीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि आफूले जीवनभर समर्पित भएर काम गरिरहेको बताइन्। धनुषा जिल्लामा विद्यालयको छुट्टै पहिचान स्थापित गर्ने लक्ष्यका साथ निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै उनले आगामी दिनमा अन्नपूर्ण आवासीय माध्यमिक विद्यालयले पनि शिक्षा क्षेत्रमा विशिष्ट स्थान बनाउने विश्वास व्यक्त गरिन्।
प्रमुख अतिथि लालकिशोर शाहले विद्यालयसँग आफ्नो निकट सम्बन्ध रहेको उल्लेख गर्दै यहाँको शैक्षिक वातावरण, अनुशासन र संस्थापक अध्यक्ष बिनादेवीको लगनशीलताको खुलेर प्रशंसा गरे। उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भन्दै यहाँ अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य उज्ज्वल रहने विश्वास व्यक्त गरे।
कार्यक्रममा सम्मानित विद्यार्थी तथा अभिभावकहरूले विद्यालयप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा मिलेको बताएका थिए। विद्यालयले विद्यार्थीहरूको मनोबल उच्च बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

24 दिन पहिले    299 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology