• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

जनकपुरधाममा अल्टिमा लाइफस्टाइलको आधिकारिक शाखा सञ्चालन, उद्घाटनमा आकर्षक अफर

  • 21 दिन पहिले

जनकपुरधाम असार १५ ।
नेपाली स्मार्ट ग्याजेट ब्रान्ड अल्टिमा लाइफस्टाइलले मधेश प्रदेशमा आफ्नो बजार विस्तार गर्दै जनकपुरधाममा आधिकारिक शाखा सञ्चालनमा ल्याएको छ। शाखा उद्घाटनको अवसरमा कम्पनीले उपभोक्ताका लागि विभिन्न विशेष अफर सार्वजनिक गरेको छ।
नयाँ शाखाबाट स्मार्टवाच, इयरबड्स, ब्लुटुथ स्पिकर, पावर बैंक, चार्जर, डाटा केबललगायत विभिन्न मोबाइल एक्सेसोरीका आधिकारिक उत्पादन बिक्री गरिने कम्पनीले जनाएको छ। शाखा सञ्चालनसँगै मधेश प्रदेशका उपभोक्ताले आधिकारिक वारेन्टीसहितका उत्पादन तथा बिक्रीपछिको सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
शाखाका सञ्चालक अमृता साहले जनकपुरधामका उपभोक्तालाई गुणस्तरीय र आधिकारिक ग्याजेट सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको बताइन्।
अल्टिमा लाइफस्टाइलका जनरल म्यानेजर प्रज्ज्वल ढकालका अनुसार शाखा उद्घाटनको अवसरमा पहिलो ९९ जना ग्राहकले ९९ रुपैयाँमै इयरबड्स खरिद गर्न सक्नेछन्। साथै १ हजार ९९९ रुपैयाँमा स्मार्टवाच र ३ हजार ९९९ रुपैयाँमा ब्लुटुथ स्पिकर उपलब्ध गराइने विशेष योजना ल्याइएको छ।
त्यसैगरी, ८ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिदमा एक जोडी इयरबड्स निःशुल्क तथा १० हजार रुपैयाँभन्दा बढीको खरिदमा एक स्मार्टवाच निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।
ढकालले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय ग्याजेट उचित मूल्यमा उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले देशभर आफ्नो आधिकारिक बिक्री सञ्जाल विस्तार गरिरहेको बताए। उनका अनुसार जनकपुरधाममा सञ्चालनमा आएको शाखा अल्टिमा लाइफस्टाइलको तेस्रो आधिकारिक शाखा हो। :::

21 दिन पहिले    237 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology