साइबर अपराधको उजुरीपछि कांग्रेस कार्यकर्ता ध्रुव झा प्रहरी नियन्त्रणमा
जनकपुरधाम असार १५।
साइबर अपराधसम्बन्धी उजुरी परेपछि नेपाली कांग्रेसका कार्यकर्ता ध्रुव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साइबर अपराधसम्बन्धी उजुरी दर्ता भएपछि आवश्यक अनुसन्धानका लागि झालाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले उजुरीका आधारमा कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाइएको जानकारी दिए।
उनका अनुसार घटनाबारे सबै पक्षबाट निष्पक्ष रूपमा अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट प्राप्त तथ्य र निष्कर्षका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
21 दिन पहिले
  
203 Post Views