• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

वनसँगै वन्यजन्तु संरक्षणलाई समान प्राथमिकता दिनुपर्नेमा जोड

  • 21 दिन पहिले

जनकपुरधाम असार १६।
वन संरक्षणसँगै वन्यजन्तुको संरक्षणलाई पनि समान प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
डिभिजन वन कार्यालय धनुषाले मंगलबार आयोजना गरेको वन तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक गोष्ठीमा सहभागीहरूले वन विनाश, चुरे क्षेत्रको बढ्दो दोहन, वन्यजन्तुको बासस्थानमा परेको असर तथा सीमित बजेटका कारण संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न चुनौती रहेको औंल्याए।
डिभिजन वन कार्यालय धनुषाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत आयोजित गोष्ठीमा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रम चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजको सहजीकरण तथा नेपाल पत्रकार महासंघ धनुषाको समन्वयमा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले वन र वन्यजन्तु एकअर्काका परिपूरक भएकाले वन संरक्षणसँगै वन्यजन्तुको संरक्षणलाई पनि समान महत्व दिनुपर्ने बताए। उनले प्रदेश सरकारले सीमित स्रोतसाधनका बाबजुद वन तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै हरियो वन र चुरे संरक्षणमा बजेट अभाव मुख्य चुनौती रहेको बताए।
मन्त्री चौधरीले सार्वजनिक जिम्मेवारी पारदर्शी रूपमा निर्वाह गरिरहेको उल्लेख गर्दै तथ्यका आधारमा कमजोरी औंल्याउन सञ्चारमाध्यमलाई आग्रह गरे। सत्य र तथ्यमा आधारित पत्रकारिताले सरकारलाई थप उत्तरदायी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
अन्तरक्रियामा सहभागी वन क्षेत्रका अधिकारीहरूले चुरे संरक्षण, अवैध वन पैदावार ओसारपसार नियन्त्रण, वन अतिक्रमण रोकथाम, वन डढेलो नियन्त्रण तथा सामुदायिक वनको प्रभावकारी व्यवस्थापनका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।
उनीहरूले बजेट, जनशक्ति तथा प्राविधिक स्रोतको अभावका कारण संरक्षणसम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भइरहेको उल्लेख गरे। जलवायु परिवर्तनका कारण वन क्षेत्र र जैविक विविधतामा बढ्दो असर परेको तथा वन्यजन्तुको प्राकृतिक बासस्थान जोखिममा पर्दै गएको उनीहरूको भनाइ थियो।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले वन तथा वातावरणसम्बन्धी समाचार तथ्यपरक र जिम्मेवार ढंगले सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै वन संरक्षण अभियानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने बताए।
कार्यक्रममा वन कार्यालयका कर्मचारी, प्रदेश वन निर्देशनालयका प्रतिनिधि, पत्रकार, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको

21 दिन पहिले    202 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology