• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

सहकारी क्षेत्रलाई सबल र जिम्मेवार बनाउन जोड

  • 18 दिन पहिले

जनकपुरधाम श्रावण ३१

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले आइतबार जनकपुरधाममा विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ३९औँ स्थापना दिवस मनाएको छ।

२०४५ साल साउन ३२ गते स्थापना भएको नेफ्स्कुनले हरेक वर्ष साउनको अन्तिम दिन स्थापना दिवस मनाउँदै आएको छ। बचत तथा ऋण सहकारी संस्थाहरूको केन्द्रीय छाता संगठनका रूपमा नेफ्स्कुनले सहकारी क्षेत्रको संस्थागत विकास र क्षमता अभिवृद्धिमा काम गर्दै आएको छ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतका सहकारी रजिष्ट्रार रुपेशकुमार साहले सहकारी क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र प्रभावकारी बनाउन सुशासनमा विशेष ध्यान दिनुपर्ने बताए।

सहकारी क्षेत्रमा लामो समयदेखि काम हुँदै आए पनि संस्थाहरू अझै पनि सुशासनका आधारभूत विषयमै केन्द्रित हुनुपरेको उल्लेख गर्दै उनले अब सहकारीलाई नवप्रवर्तन र आधुनिक व्यवस्थापनतर्फ अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

अनुगमनका क्रममा केही सहकारी संस्थाले प्रचलित नियम तथा मापदण्ड पालना नगरेको पाइएको भन्दै रजिष्ट्रार साहले सहकारीसँग सम्बन्धित उजुरीको संख्या उल्लेख्य रहेको बताए। प्राप्त उजुरी समाधान गर्न नियामक निकायलाई समेत चुनौती भइरहेको उनको भनाइ थियो।

सहकारी संस्थाहरूबीच उत्पन्न हुने सामान्य विवाद सम्बन्धित संघ तथा संस्थाले आपसी समन्वयमार्फत समाधान गर्नुपर्नेमा उनले जोड दिए। संघ तथा संस्थाहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सके सहकारी क्षेत्रलाई आर्थिक विकास र समृद्धिको महत्वपूर्ण आधार बनाउन सकिने उनले बताए।

कार्यक्रममा मधेस प्रदेशमा रहेका २७३ सहकारीमध्ये हालसम्म ९७ वटा मात्रै सम्बन्धित सञ्जालमा आबद्ध रहेको जानकारी दिइएको थियो। सहकारी संस्थाबीच समन्वय, सहकार्य र संस्थागत क्षमता अभिवृद्धिका लागि संघमा आबद्धता विस्तार गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

नेफ्स्कुनका उपाध्यक्ष शान्ति अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि तथा सहकारी क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।

18 दिन पहिले    129 Post Views
लोकप्रिय समाचार

बाढीपीडितको राहतका लागि मोनास्टिक स्कुल तथा कलेजद्वारा पाँच लाख एक हजार सहयोग

  • 4 दिन पहिले


जनकपुरधाम भादो १४

 मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मोनास्टिक स्कुल तथा कलेजले प..

राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology