जनकपुरको वकिल टोलबाट मोटरसाइकल चोरी, खोजीका लागि प्रहरीमा निवेदन
जनकपुरधाम भदौ ९ गते जनकपुरधामस्थित वकिल टोलबाट भदौ ९ गते पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको भन्दै खोजी तथा आवश्यक कारबाहीका लागि प्रहरीमा निवेदन परेको छ।
वडा प्रहरी कार्यालय, रेल्वेमा परेको निवेदनअनुसार राकेश कुमार शाहको नाममा रहेको मोटरसाइकल भदौ ९ गते वकिल टोलमा पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको हो। मोटरसाइकल चोरी भएपछि खोजतलास तथा अनुसन्धान गरी फेला पारिदिन माग गर्दै शाहले प्रहरीसमक्ष निवेदन दिएका छन्।
निवेदनमा चोरी भएको मोटरसाइकलको नम्बर मधेश प्रदेश–०२–०२–००७ प ७००१रहेको उल्लेख छ। बजाज पल्सर २२० एफ मोडलको उक्त मोटरसाइकल कालो रंगको रहेको जनाइएको छ।
मोटरसाइकल चोरीमा संलग्न व्यक्तिको खोजी गरी मोटरसाइकल फेला पार्न तथा चोरीमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न निवेदकले प्रहरीसँग आग्रह गरेका छन्।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान तथा मोटरसाइकलको खोजी प्रक्रिया अघि बढाउने जनाएको छ।
9 दिन पहिले
  
135 Post Views