• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

बाढीपीडितको राहतका लागि मोनास्टिक स्कुल तथा कलेजद्वारा पाँच लाख एक हजार सहयोग

  • 4 दिन पहिले


जनकपुरधाम भादो १४

 मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मोनास्टिक स्कुल तथा कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख एक हजार रुपैयाँ सहयोग गरेको छ।
देशका विभिन्न स्थानमा बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पु¥याउने उद्देश्यले विद्यालय तथा कलेजले उक्त रकम प्रदान गरेको हो।
मोनास्टिक स्कुल तथा कलेजले शिक्षा क्षेत्रमा आफ्नो पहिचान बनाउनुसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यमा समेत समय–समयमा सहयोग गर्दै आएको छ। विपद्का बेला पीडित नागरिकको साथमा उभिनुपर्ने भन्दै संस्थाले राहत कोषमा सहयोग गरेको जनाएको छ।
स्कुलका डाइरेक्टर सोनुकुमार शाहले विपद्को यस घडीमा सबै नेपाली एकजुट भएर देश र नागरिकको साथमा उभिनुपर्ने बताउनुभयो। उहाँले राहत कोषमा गरिएको सहयोग आफ्नो तर्फबाट सानो प्रयास भएको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालय तथा व्यक्तिगत तर्फबाट यस्ता सामाजिक कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“विपद्को समयमा पीडितको साथमा उभिनु हामी सबैको दायित्व हो। यो मेरो तर्फबाट सानो सहयोग हो। आगामी दिनमा पनि स्कुल तथा व्यक्तिगत रूपमा यस्ता सामाजिक कार्यमा सहयोग गर्दै जानेछु,” डाइरेक्टर शाहले भन्नुभयो।

4 दिन पहिले    517 Post Views
लोकप्रिय समाचार

बाढीपीडितको राहतका लागि मोनास्टिक स्कुल तथा कलेजद्वारा पाँच लाख एक हजार सहयोग

  • 4 दिन पहिले


जनकपुरधाम भादो १४

 मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मोनास्टिक स्कुल तथा कलेजले प..

राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology