• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

तामाकोशी गाउँपालिकामा सहकारी नियमन तथा कानुनी प्रावधान विषयक दुई दिने प्रशिक्षण कार्यक्रम संचालन

  • 4 वर्ष पहिले

दिपक बस्नेत
कात्तिक १६, तामाकोशी ।
तामाकोशी गाउँपालिकाले सहकारी नियमन तथा कानुनी प्रावधान विषयक दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिका भित्रका सुचिकृत भएका सहकारीका संचालक समिती र कर्मचारीको उपस्थिति रहेको छ ।
पालिका भित्रका सहकारी नियमन, कानुनमा भएका प्रवधान जस्ता विभिन्न विषयमा छलफल हुने जनाइएको छ । तामाकोशी गाउँपालिकाका प्रशासकीय अधिकृत निमेष मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी., जिल्ला सहकारी संघ, दोलखाका उपाध्यक्ष देवी प्रसाद शर्मा, तामाकोशी गाउँपालिकका सहकारी समुन्वय समिती संयोजक पर्शुराम कार्की, भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्था भिरकोटका अध्यक्ष श्यमकाजि कटुवाल लगाएतले मन्तव्य ब्यक्त गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रमको सहजिकरण जिल्ला सशकारी संघ, दोलखाका अध्यक्ष तथा सहकारी अभियान्ता हेमन्त चौलागाई र अधिबक्त प्रोण प्रताप के.सी.ले गरिरहनु भएको छ । कार्यक्रमको संयोजन तामाकोशी गाउँपालिकाका सूचना अधिकृत पवनराज फुयाँलले गर्नुभएको छ । 

4 वर्ष पहिले    592 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology