जनकपुरधाममा दशैं मेलालाई लक्षित गरी सिया मेडिकेयरद्वारा स्वास्थ्य शिविर
नकपुरधाम, आसिन ३० गते । दशैं मेलामा सहभागी हुने श्रद्धालु भक्तजनलाई लक्षित गर्दै जनकपुरधामस्थित सिया मेडिकेयर प्रालिले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
जनकपुरधाम–२ कदमचोकमा रहेको सिया मेडिकेयरले दशैंका अवसरमा मन्दिर तथा शक्तिपीठमा दर्शन र पूजाआराधना गर्न आउने भक्तजनलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालनमा ल्याएको हो।
मेडिकेयरका अनुसार शिविर आजदेखि लगातार दुईदेखि तीन दिनसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। दशैं मेलामा श्रद्धालुको चहलपहल र भीड बढ्ने समयमा उनीहरूको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै यो पहल गरिएको जनाइएको छ।
धार्मिक पर्वका बेला दर्शन तथा पूजाआराधनाका लागि आउने भक्तजनलाई आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनु शिविरको मुख्य उद्देश्य रहेको सिया मेडिकेयरले जनाएको छ।
मेडिकेयरले मेलामा सहभागी हुने सम्पूर्ण श्रद्धालुलाई शिविरमा उपलब्ध निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरेको छ।
‘सेवा नै धर्म हो, स्वास्थ्य नै धन हो’ भन्ने भावनालाई आत्मसात् गर्दै सञ्चालन गरिएको शिविरले दशैं मेलामा सहभागी भक्तजनलाई आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
3 दिन पहिले
  
94 Post Views
