• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

गोल्मेश्वर माध्यमिक विद्यालयमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विद्यालय प्रहरी सचेना कार्यक्रम सम्पन्न

  • 4 वर्ष पहिले

दिपक बस्नेत
मंसिर २, तामाकोशी ।
गोल्मेश्वर माध्यमिक विद्यालय तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालू दोलखामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विद्यालय-प्रहरी सचेना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम प्रहरी चौकी किर्ने दोलखाको आयोजनामा भएको थियो । कार्यक्रमलाई गोल्मेश्वर माध्यामिक विद्यालयले समुन्वय गरेको विद्यालयका प्रधानाध्यपक सञ्जय खड्काले बताउँनु भयो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विद्यालय प्रहरी सचेतना कार्यक्रममा विद्यालयका कक्षा ८, ९, १० र कृषि प्रविधिकका विद्यार्थी, राजनितिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, लगाएतको उपस्थिति रहेको थियो ।
सचेतना मुलक कार्यक्रममा र्दुघटना, सडक सुरक्षा, लागू औषध, मादक पर्दाथ, साइवर अपराध लगाएतको विषयमा छलफल भएको थियो । कार्यक्रमलाई किर्ने प्रहरी चौकीका इन्र्चाज प्रहरी साहायक निरिक्षक सिताराम कार्कीले सहजिकरण गर्नु भएको थियो भने अस्थायी ट्रफिक प्रहरी पोष्ट किर्नेटारका प्रहरी साहायक निरिक्षक विष्णुराज पुरीले ट्रफिक नियम सम्वन्धि जानकारी गराउँनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा तामाकोशी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष होम बहादुर श्रेष्ठले कार्यक्रमलाई समुदाय स्तरमा संचालन गर्नुपर्ने सुझाव दिनु भएको थियो ।

4 वर्ष पहिले    446 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology