• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

महिला साक्षरता बचत तथा ऋण सहकारी संस्थाले २३ औं बार्षिक साधारण सभा मनाउँदै ।

  • 4 वर्ष पहिले

 दिपक बस्नेत
मंसिर १७, तामाकोशी ।
महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे किर्ने दोलखाको २३ औं बार्षिक साधारण सभाको पहिलो दिन आज सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष राजकुमार होकाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सुमित्रा फुयाँलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पहिलो दिनको बार्षिक साधारण सभामा मनुका भट्टराईले सचिबको प्रतिवेदन, संस्थाका कोषाध्यक्ष मन्दिरा लामिछानेले कोषाध्यक्षको प्रतिवेदन र लेखसुपरिवेक्षणको प्रतिवेदन लेखा समिति संयोजक जयन्ति शिवाकोटीले प्रस्तुत गर्नु भएको थियो ।
स्वास्थ्य चौकी सहरेका इन्र्चाज युवराज के.सी.को विषेस आतिथ्यतामा भएको कार्यक्रममा मुना श्रेष्ठ शेयर सदस्य, गोमा खड्का उत्कृष्ठ बचतकर्ता, मिता नेपाली असल ऋणी, बाल बचतकर्ता एक जना र ७० बर्ष भन्दा माथिका महिला जेष्ठनागरिक ६ जनालाई सम्मान गरिएको छ । संस्थाका व्यवस्थापक सुर्य प्रसाद न्यौपानेले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो भने कार्यक्रमका अतिथि शंकेश्वर साकोसका अध्यक्ष रुद्र प्रसाद चौलागाई लगाएतले सुझाव सहित सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाको २३ औं बार्षिक साधारण सभा मंसिर १८ गते तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे, किर्नेमा आयोजना गरि समापन हुने जनाइएको छ ।

तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे दोलखामा संचालित महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था महिला मात्र शेयर सदस्य रहेको सहकारी हो । महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ठ महिला सहकारीको रुपमा परिचित रहेको छ । संस्थाले महिला शसक्तिकरणका विभिन्न कार्यक्रहरु संचालन गर्दै आएको छ र सहकारीमा महिलाहरुको शसक्त भुमिका रहेको जनाइएको छ । हाल संस्थामा एक हजार तीन सय एक्तिस शेयर सदस्य रहनु भएको छ ।

4 वर्ष पहिले    527 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology