• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

धनुषाको सामुदायिक सुधार केन्द्रलाई ‘कलेक्टिभ हाउजिङ अवार्ड २०२६’

  • 28 दिन पहिले

जनकपुरधाम कार्तिक १० गतेश ।

धनुषामा रहेर विपन्न, भूमिहीन तथा सीमान्तकृत समुदायको आवास र जीवनस्तर सुधारका क्षेत्रमा काम गर्दै आएको सामुदायिक सुधार केन्द्र (सीआईसी) ले ‘कलेक्टिभ हाउजिङ अवार्ड २०२६’ प्राप्त गरेको छ। एसियामा समावेशी तथा दिगो सामुदायिक विकास र सामूहिक आवासको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै संस्थालाई उक्त पुरस्कार प्रदान गरिएको हो।
संस्थाका निर्देशक संजयकुमार साहले सोमबार थाइल्यान्डका उपप्रधानमन्त्री तथा सामाजिक विकास र मानव सुरक्षा मन्त्रीबाट पुरस्कार ग्रहण गरेका छन्।
सीआईसीले लामो समयदेखि गरिब, भूमिहीन, सीमान्तकृत तथा जोखिममा रहेका समुदायका लागि सुरक्षित आवासको व्यवस्था, सम्मानजनक जीवनयापन र जीवनस्तर उकास्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाले स्थानीय सरकार, समुदाय, नागरिक समाज र विकास साझेदारसँगको सहकार्यमा किफायती आवास निर्माण, वातावरणमैत्री बस्ती विकास तथा जलवायु परिवर्तनका असर सामना गर्न सक्ने समुदाय निर्माणलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
पुरस्कार प्राप्त गरेपछि निर्देशक साहले यसलाई संस्थाको कामको अन्तर्राष्ट्रियस्तरमा भएको महत्वपूर्ण मूल्यांकनका रूपमा लिएको बताएका छन्। उनले यो सफलता संस्थाको टोली, स्थानीय समुदाय, विकास साझेदार र स्थानीय सरकारको संयुक्त प्रयासबाट सम्भव भएको उल्लेख गरेका छन्।
साहका अनुसार पुरस्कारले भूमिहीन तथा विपन्न नागरिकको आवास अधिकार सुनिश्चित गर्ने, समावेशी विकासलाई अगाडि बढाउने र सबै समुदायका लागि सुरक्षित तथा किफायती आवासको पहुँच विस्तार गर्ने अभियानमा थप ऊर्जा प्रदान गरेको छ।
सीआईसीले आवासलाई घर निर्माणमा मात्र सीमित नराखी नागरिकको सुरक्षा, सम्मान, समान अवसर र समग्र जीवनस्तर सुधारसँग जोडेर काम गर्दै आएको छ। संस्थाका अनुसार यो सम्मानले समुदायको सहभागिता र नेतृत्वमा आधारित आवास कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै दिगो सहरी तथा ग्रामीण विकासका प्रयासलाई निरन्तरता दिन प्रेरित गरेको छ

28 दिन पहिले    142 Post Views
लोकप्रिय समाचार

जनकपुरधाममा शुक्रबारदेखि प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन हुँदै

  • 4 दिन पहिले

जनकपुरधाम, मंसिर ३ ।

प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रà..

राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology