• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

जनकपुरधाममा शुक्रबारदेखि प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन हुँदै

  • 4 दिन पहिले

जनकपुरधाम, मंसिर ३ ।

प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि जनकपुरधाममा सुरु हुने भएको छ। विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय नेतृत्व सुदृढीकरण तथा तीनै तहका सरकारबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले मंसिर ४ देखि ६ गतेसम्म सम्मेलन आयोजना गर्न लागिएको हो।
सम्मेलनमा सातै प्रदेशबाट एक हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि र शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रधानाध्यापक संघ नेपाल मधेश प्रदेशका अध्यक्ष सञ्जय झाका अनुसार विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय नेतृत्व, स्थानीय सरकार, शिक्षक, अभिभावक तथा नीति निर्माताबीच सहकार्य र समन्वय बढाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको छ। सम्मेलनले विद्यालय शिक्षाको सुधारका लागि साझा प्रतिबद्धता निर्माण गर्नुका साथै आगामी कार्यदिशासमेत तय गर्ने उहाँले बताउनुभयो।
अध्यक्ष झाले प्रधानाध्यापक संघ राजनीतिक संगठन नभएको स्पष्ट पार्दै सम्मेलनमा अधिकारका विषयभन्दा सामुदायिक हित, विद्यालय व्यवस्थापन तथा विद्यालय शिक्षाको समग्र सुधारका विषयमा केन्द्रित भएर छलफल गरिने जानकारी दिनुभयो।
सम्मेलनका क्रममा विद्यालय शिक्षाको गुणस्तर सुधार, समतामूलक शैक्षिक पहुँच, शिक्षकको पेसागत मर्यादा तथा शैक्षिक अधिकारको कार्यान्वयनलगायतका विषय समेटिएको ‘जनकपुर घोषणापत्र’ जारी गरिने आयोजकले जनाएको छ।
त्यसैगरी सम्मेलनबाट संघको बहुवर्षीय रणनीतिक योजनासमेत सार्वजनिक गरिनेछ।

4 दिन पहिले    84 Post Views
लोकप्रिय समाचार

जनकपुरधाममा शुक्रबारदेखि प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन हुँदै

  • 4 दिन पहिले

जनकपुरधाम, मंसिर ३ ।

प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रà..

राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology